पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढ्यो

मंगलबार, साउन १, २०८१

दाङ - नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु भएको छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० कायम भएको छ ।

 भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको निगमले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०५:३९
प्रतिक्रिया दिनुहोस्