नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

सोमबार, असार ३१, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गर्नु भएको हो । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारकमा रहेकोे शहीदहरुको शालिकमा माल्यार्पण गर्नु भयो । साथै पार्टी केन्द्रिय कार्यालय च्यासला पनि पुग्नु भएको थियो । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्