कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

१११ मिनेटमा मार्टिनेजले गरे गोल
सोमबार, असार ३१, २०८१

काठमाडौँ - अर्जेन्टिनाले ४८ औँ संस्करणको उपाधिमाथि कब्जा जमाएको छ । सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।

बंगलाचुली गाउँपालिका

निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । ११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । जियोभानी लो सेल्सोले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

योसँगै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । यसअघि अर्जेन्टिनाले उरुग्वेसँगै १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो ।

अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो । यसका अतिरिक्त अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ I 

जारी कोपा–अमेरिकाको समूहगत चरणमा अर्जेन्टिनाले आफूले खेलेको तीनवटै खेलमा जित हात पारेको थियो । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा क्यानडालाई नै २–० गोलले हराएको थियो । अर्जेन्टिनाले दोस्रो खेलमा चिलीमाथि १–० गोलको जित हात पारेको थियो । 

आफ्नो तेस्रो खेलमा अर्जेन्टिनी टोलीले पेरुमाथि २–० गोलको जित हात पारेको थियो । समूहगत चरणको खेलमा अर्जेन्टिनाले कुल पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन । अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा भएको थियो । त्यसपछि अर्जेन्टिनाले सेमिफाइनल खेलमा क्यानडालाई २–० गोलले पराजित गरेको थियो । जारी कोपा–अमेरिकामा अर्जेन्टिनाले हालसम्म एक गोलमात्र खायो । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्