दाङबाट ११ महिनामा १४ हजार ९ सय युवा विदेशीए

आइतबार, असार ३०, २०८१

दाङ - दाङबाट पछिल्लो ११ महिनामा १४ हजार ९ सय बढी युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।

बंगलाचुली गाउँपालिका

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०÷२०८१ को साउनदेखि जेठ मसान्तसम्ममा १४ हजार ९ सय ५६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएका हुन् । ति मध्ये १ हजार ४ सय ३८ महिला रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९÷२०८० मा दाङबाट १७ हजार ८०७ जना विदेश गएको विभागले जनाएको छ । जसमा १ हजार ३ सय ३७ महिला रहेका थिए । यो रोजगारीको लागि विदेश जान श्रम स्विकृति लिएकाको संख्या मात्रै हो ।

अवैध बाटो हुँदै विदेशीने युवाको संख्या पनि कम छैन् । धेरै युवा रुस, अमेरिका लगायतका देशमा अवैध बाटो भएर जाने गरेका छन्

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्