रोल्पाको रुन्टीगढी गाउँपालिकामा अर्को हाटबजार पनि सञ्चालमा

आइतबार, असार ३०, २०८१

रोल्पा - रोल्पाको सुर्पालमा समेत सनिवार देखि हाटबजार संचालनमा आएको छ । रुन्टीगढी गाउँपालिकाको वडा न ः ४,३,२,र १ का किसानलाइ मध्य नजर गर्दै हाटबजार सञ्चालनमा ल्याईएको हो । 

बंगलाचुली गाउँपालिका

गत वर्षबाट रोल्पाको होलेरीमा सञ्चालनमा ल्याइएको हाटबजार सफल भए पछि यस वर्ष सुर्पालमा पनि सुरु गरिएको छ । रुन्टीगढी गाउँपालिकामा कार्यरत गोल परियोजना,  बिभिन्न गैर सरकारी संघ संस्थाको सहकार्यमा हाटबजार सञ्चालन गरिएको हो ।

सनिबारबाट सुरु भएको हाटबजार हप्तामा दुई पटक प्रत्यक हप्ताको बुधबार र सनिबार लाग्ने भएको छ । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन द्वारा कृषि उपजको तौल गरि उद्घाटन गरिएको हो ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्