सिमलताल दुर्घटना अपडेट : त्रिशूलीमा खसेका थप दुई यात्रुको शव भेटियो नारायणी नदीमा

शनिबार, असार २९, २०८१

दाङ - नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ ।  हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदीमा थप दुई जना पुरुषको शव भेटिएको हो । एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो ।

बंगलाचुली गाउँपालिका

एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ ।

 नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो । शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु हो होइनन् यकिन भने भइसकेको  चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो

यसअघि चितवनको भरतपुर महानगरपालिका(२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको थियो ।

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्