बंगलाचुलीको एकघर एकधारा कार्यक्रम:सहलगानी मोडेलमा योजना अघि बढाउने विषयमा छलफल

सोमबार, माघ १५, २०८०

काठमाडौँ - दाङको बंगलाचुली गाउँपालिकाले अघि सारेको गौरवको आयोजना एकघर एकधारा कार्यक्रमलाई सफल बनाउनका लागि खानेपानी मन्त्रालय सिंहदरबार काठमाडौँमा आज विषेश बैठक सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरको पहल तथा सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माको अगुवाईमा उक्त विशेष बैठक सम्पन्न भएको हो ।

बंगलाचुली गाउँपालिका

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा,खानेपानी मन्त्री महेन्द्रराय यादव, मन्त्रालयका सचिव सुरेश आचार्य,खानेपानी तथा ढल व्यवस्थापन विभागका निर्देशक कमलराज श्रेष्ठ लगाएत उच्च अधिकारीहरु सम्मिलित बैठकमा बंगलाचुली गाउँपालिकामा सहलगानी मोडेलमा खानेपानीका आयोजनाहरु सम्पन्न गर्ने गरी छलफल अघि बढेको छ । सहलगानी मोडेलमा खानेपानी मन्त्रालय बाट ७० प्रतिशत र बंगलाचुली गाउँपालिकाको ३० प्रतिशत बजेट मार्फत खानेपानीका योजनाहरु सम्पन्न गरिने छ ।
सो बैठकमा बोल्दै सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले बंगलाचुली गाउँपालिका आफ्नो निर्वाचन क्षेत्रपनि भएको र बंगलाचुलीमा खानेपानीको समस्या विकराल रहेको बताउँदै जसरी पनि एकघर एकधारा कार्यक्रममलाई सम्पन्न गर्नु पर्ने बताउनुभयो । उहाँले खानेपानी मन्त्री समक्ष बंगलाचुलीको खानेपानीको सम्यालाई हलगर्नुको विकल्प नरहेको बताउँदै बजेट व्यवस्थापन गर्न माग गर्नुभयो ।  


सो बैठकमा खानेपानी मन्त्री महेन्द्रराय यादवले बंगलाचुली गाउँपालिकामा एकघर एक धाराको योजनालाई सम्पन्न गर्नका लागि सहलगानिको मोडेलनै उपयुक्त हुने र सोही अनुसार गाउँपालकाले आवश्यक प्रक्रिया अघि बढाउन सुझाव दिनुभयो । मन्त्री राययादवले बंगलाचुलीमा आगामि ३ वर्ष भित्र एकघर एकधारा कार्यक्रम सक्ने गरी आवश्कय कामहरु अघि बढाउनाका लागि मन्त्रालय तयार रहेको र त्यसका लागि मन्त्रालयका सचिव र गाउँपालिकालाई कानुनी प्रकृया अघि बढाउन निर्देशन दिनुभयो । 
बैठकमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुली गाउँपालिकामा भौगोलिक विकटताका कारण गाउँ वस्तिमा खानेपानीको समस्या रहेको बताउँदै आफुहरुले एकघर एकधाराको नितिलाई पहिलो प्राथमिकता दिएर काम गर्न खोजेको बताउनु भयो । अध्यक्ष पुनले बैठकमा एकघर एकधाराको कार्यक्रमलाई सम्पन्न गर्नकालागि ठुलो मात्रामा बजेट आवश्यक रहेकोले बजेटको सुनिश्चितता गर्दिनका लागि अनुरोध गर्नुभयो । 
 

प्रतिक्रिया दिनुहोस्