दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

बिहीबार, असार २७, २०८१

दाङ - दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

बंगलाचुली गाउँपालिका

लमही नगरपालिका वडा नम्बर ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट छोट्की महरवा निवासी ४७ वर्षीय शोवारी घर्ती मगर गम्भीर घाइते भएकी हुन् ।

उनको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।

घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । बिहीबार बिहान करिब साढे ५ बजे जंगलमा च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो ।

त्यस्तैगरी कर्री सामुदायिक वनमा भालुको आक्रमण भएपछि जोडिएको अजम्मरी सामुदायिक वनको प्रवेशमा कडाइ गरिएको छ । वनमा जाँदा जंगली जनावरको आक्रमणमा पर्ने सक्ने भएकाले अजम्मरी सामुदायिक वनले नजान अनुरोध गरेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले राखेको क्यामेरामा अजम्मरी सामुदायिक वन क्षेत्रमा बच्चा सहितको भालु ट्रयाप भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्