लक्ष्मी आधारभुत विद्यालयको पुस्कर बिक को अध्यक्षतामा नयाँ विव्यस गठन

सोमबार, माघ १५, २०८०

दाङ- दाङको शान्तिनगर गाउँपालिका वडा नं.१ हारिचारमा रहेको श्री लक्ष्मी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।विद्यालयका पुर्व अध्यक्ष दुर्गा बहादुर घर्तिको अध्यक्षतामा आज बैठक बसि समिति गठन गरिएको हो । 

बंगलाचुली गाउँपालिका

उक्त बैठकले पुस्कर बिक को अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।जसको सदस्यहरुमा विजुली प्रसाद बि क ,सावित्रा बिक, नन्दकली बिक, टेक बहादुर टमटा, जुद्ध बहादुर घर्ति मगर, तुल्सी कुमारी घर्ति, शेर बहादुर घर्ती र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक कल्पना पुन रहनुभएको छ । 

त्यस्तै गरी इन्द्र बहादुर घर्तिको संयोजकत्वमा शिक्षक अभिवावक समिति पनि गठन गरिएको छ । जसको सदस्यहरुमा भुमिकला वली, कालुराम श्रीस, सन्जु कामी, दिल बहादुर बिक, सजिना बिक, रेणु बि.क , गोमती बिक, मिना टमटा, देविकुमारी बिक र कल्पना पुन रहेका छन् ।
कार्यक्रमको  संचालन  प्रधानाध्यापक कल्पना पुनले गर्नु भएको थियो  शिक्षक प्रदिप कुमार रोकाले जानकारी दिनभयो।

प्रतिक्रिया दिनुहोस्