शान्तिलाई महत्व दिन नरेन्द्र मोदीले गरे पुटिनलाई आग्रह

बिहीबार, असार २७, २०८१

एजेन्सी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युद्धले समस्याको समाधान नगर्ने बताउनु भयो ।

बंगलाचुली गाउँपालिका

मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा मोदीले ‘युद्धले समस्याको समाधान नगर्ने’ बताउँदै शान्तिलाई महत्व दिन आग्रह गर्नु भएको हो ।

‘एउटा सच्चा मित्रका रूपमा हामीले धेरै मुद्दामा छलफल गर्‍यौँ । युक्रेनबारे हामी दुवैले आफ्नो विचार खुला र विस्तृत रूपमा राख्न सकेकामा खुसी लागेको छ,’ मोदीले  भन्नु भयो

मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी सैन्य अभियानलगायत धेरै विषयमा छलफल गरेको मोदीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

पुटिनसँग मोदीले हिन्दीमा कुराकानी  गर्नु भएको थियो, त्यसलाई इन्टरप्रेटरले रुसी भाषामा अनुवाद गरेर छेउमा रहेका पुटिनलाई अर्थ्याएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०५:४९
प्रतिक्रिया दिनुहोस्