विद्यार्थीमा सर्वप्रथम वर्गीय दृष्टिकोण हुन जरुरी छ : इन्चार्ज निर्मल आचार्य

बुधबार, असार २६, २०८१

  दाङ - नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले विद्यार्थीमा सर्वप्रथम वर्गीय दृष्टिकोण  हुनुपर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निकट  अखिल (क्रान्तिकारी) दाङको छैठो पुर्ण बैठकलाई आज सम्बोधन गर्दै आचार्यले सो कुरा बताउनुभएको हो। बैठकका प्रमुख अतिथि समेत रहेका इन्चार्ज आचार्यले विद्यार्थीमा वर्गीय दृष्टिकोण भएपछि मात्रै विद्यार्थी संगठन बलियो हुने बताउनु भयो ।

बंगलाचुली गाउँपालिका

त्यस्तैगरी उहाँले विद्यार्थीहरुले परम्परागत भन्दा आधुनिक तरिकाले अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुले विभिन्न क्षेत्रको अध्ययन गरि समाजमा सकारात्मक सन्देश दिने खालको काम गर्नुपर्ने बताउनुभयो । देश विकासमा नेपाल भर माओवादी एक डिक्का भएर अगाडि बढिरहेको र अहिले वर्तमान सरकार ढल्नुमा प्रधानमन्त्री प्रचण्डको कुनै दोष नभएको बताउनुभयो ।

अखिल ९क्रान्तिकारी ० दाङ जिल्ला संयोजक गिर बहादुर महराको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख  आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।  पालिका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन र २३ ओै राष्ट्रिय सम्मेलनको तयारी लगायतका एजेन्डामा छलफल भएको थियो ।

त्यस्तैगरी बैठकले आउदो भाद्र ९ गते हुने दाङ जिल्लाको अधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन भएको छ । जस अन्तर्गत गिर बहादुर महरा संयोजक रहेको ४ सदस्यीय आर्थिक उपसमिति गठन भएको छ । त्यस्तै गोविन्द मल्ल संयोजक रहेको ६ सदस्यीय प्रतिनिधि प्रमाणिकरण उपसमिति, हिमाल महरा संयोजक रहेको १० सदस्यीय  व्यवस्थापन उपसमिति, डिभाइड शर्मा संयोजक रहेको स्वयंसेवक उपसमिति र नरेन्द्र केसी संयोजक रहेको निर्वाचन उपसमिति गठन भएको छ ।

यस्तै बैठकमा दाङका सम्पूर्ण पालिका, विभिन्न क्याम्पसहरुको अध्यक्ष तथा संयोजकहरुले समग्र पालिका र क्याम्पसहरुको बारेमा रिपोर्टिङ गरेका थिए । कार्यक्रममा अखिल (क्रान्तिकारी ) लुम्बिनी प्रदेश प्रमुख सचिव राजेन्द्र विष्ट, नेकपा माओवादी केन्द्र दाङ जिल्ला संयोजक हरिमान पुन वरुण घोराही नगर इन्चार्ज तुल्सी डाँगी लगायतले बोल्नु भएको थियो । संगठनका केन्द्रीय सदस्य हिरालाल वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यालय सदस्य गोविन्द मल्लले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्