बङ्गलाचुली गाउँपालिका स्तरीय विपत् व्यवस्थापन समितिको बैठक सम्पन्न

बुधबार, असार २६, २०८१

कमिरेचौर - बंगलाचुली गाउँपालिका बङ्गलाचुली गाउँपालिका स्तरीय विपत् व्यवस्थापन समितिको बैठक आज सम्पन्न भएको छ। पालिका स्तरीय विपत् व्यवस्थापन समितिका संयोजक एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरको अध्यक्षतामा बैठक बसेको हो।

बंगलाचुली गाउँपालिका

बैठकमा विपतपूर्व तयारी तथा व्यवस्थापन पछिको खोज उद्धार राहत, मनसुनजन्य विपदबाट क्षति भएका सडक तथा अन्य संरचनाहरूको मर्मत ,मनसुनजन्य विपद प्रभावित लाभग्राहीको सूची विद्युतीय प्रणालीमा प्रविष्ट गर्ने, स्थानीय विपत सहायता कक्ष गठन, खोज तथा उद्धार सामग्री खरिद लगायतका विषयमा छलफल भएको छ।

बैठकमा विपत् व्यवस्थापन समितिका सदस्यहरू बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, नेकपा माओवादी केन्द्रका बंगलाचुली गाउँपालिका अध्यक्ष डोमाकान्त कवर मगर ,नेकपा एमालेका कोषाध्यक्ष सुशील परियार, नेपाली कांग्रेसका प्रतिनिधि  दोर्ण केसी, नेपाल रेडक्रस सोसाइटी कमिटी कमिरेचौर उपशाखाका सभापति जीवन नेपाली ,वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक सुमाकुमारी घर्ती, योजना अनुगमन शाखा प्रमुख नुमाकान्त कालाथोकी, सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य गणेश विश्वकर्मा, इलाका प्रहरी कार्यालय कमीरचौरका प्रहरी जवान जनक बोहरा लगाएतको सहभागिता रहेको थियो ।

त्यसैगरी बैठकमा वडा नम्बर १ का अध्यक्ष विष्णु कवर ,वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगी ,वडा नम्बर ५ का अध्यक्ष लिलाबहादुर घर्ती लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्