लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरियो

बुधबार, असार २६, २०८१

दाङ - लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिनु भएको छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेतासमेत रहनु भएको । मन्त्री अहिरले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाउनु भएको हो।

बंगलाचुली गाउँपालिका

जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीमा महासचिव इस्तियाक राईले बताउनु भयो। राईले यो सँगै कृषि मन्त्रीबाट चौथोपटक राजीनामा बुझाउनु भएको हो ।

अहिले केन्द्रको निर्देशन अनुसार आफूले मन्त्री पदबाट राजीनामा दिएको बताउनु भयो। पछिल्लो प्रदेश सभामा बाँकेबाट निर्वाचित अहिर जसपा संसदीय दलको नेता हुनुन्छ। प्रदेशसभाको दोस्रो कार्यकालमा बनेका तीन वटै सरकारमा उहाँ मन्त्री बन्नु भएको थियो।

जसपामा विवाद हुँदा उहाँनले राजीनामा दिनु भएको थिषेए। अब बन्ने गठबन्धनमा पनि उहाँको दल सरकारमा सहभागी हुने जनाइएको छ। अब भने उहाँले रोजेको मन्त्रालय पाउँछन् वा पाउदैनन् भन्ने निधो छैन। मुख्यमन्त्री महरालाई दिएको समर्थन सत्तारुढ दल एमालेले पनि फिर्ता लिएपछि महरा अल्पमतमा पर्नु भएको छ।

jspa-1720612810.jpg
 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्