पाकिस्तान क्रिकेट बोर्डले रियाज र रजाकलाई छनोट समितिबाट बर्खास्त

बुधबार, असार २६, २०८१

 दाङ - पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले वाहब रियाज र अब्दुल रजाकलाई छनोट समितिबाट बर्खास्त गरेको छ ।

बंगलाचुली गाउँपालिका

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको निराशाजनक प्रदर्शनपछि रियाज र रजाकलाई राष्ट्रिय टोलीको छनोट समितिबाट हटाइएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । टी–२० विश्वकपमा पाकिस्तान पहिलो चरणबाटै बाहिरिएको थियो ।

रजाक पाकिस्तानको महिला क्रिकेट टिमको पनि चयनकर्ता पनि थिए, उनलाई यो पदबाट पनि हटाइएको खबरमा उल्लेख छ । यसअघि यो वर्षको शुरुआतमै रियाजलाई मुख्य चयनकर्ताको पदबाट हटाइएको थियो र उनी ७ सदस्यीय छनोट समितिको सदस्य बनेका थिए ।

पाकिस्तानमा पछिल्लो ४ वर्षमा ६ जना मुख्य चयनकर्ता भइसकेका छन् । रियाजभन्दा अघि हारून राशिद, शाहिद अफरिदी, इनजमामा उल हक, मोहम्मद वसीम र मिस्बाह उल हक छोटो कार्यकालयमा चयनकर्ता बनेका थिए । अब पाकिस्तानको छनोट समितिमा मोहम्मद युसुफ, असद शफीक र डेटा एनालिस्ट बिलाल अफजल रहेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्