सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
बाँके - बाँकेमा खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर बाँकेमा दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् ।
राप्तीसोनारी गाउँपालिका९२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका जानकारी दिनुभयो ।
मृत्यु हुनेमा ३२ वर्षीय सम्झना विक र ३२ वर्षीय वसन्ती उपाध्याय रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर ३० वर्षीय सलिना विक गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । उहाँको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ