शेयर बजार २३ दशमलव २५ अङ्कले बढ्यो

बुधबार, असार २६, २०८१

दाङ - साताको चौथौं दिन शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो १५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव २५ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव ४० विन्दुमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

आज विकास बैंक बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै अरू ३ वटा कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज ३ सय २२ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ५ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको १५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्