रोल्पामा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, असार २६, २०८१

दाङ - रोल्पाको रुन्टीगढी गाउँपालिका-६ स्यालामा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका

तरकारी लोड गर्न गएको रा १ ख २१३१ नम्बर मिनीट्रक मंगलबार राती साढे ११ बजे गाडी फर्काउने क्रममा दुर्घटना हुँदा  चालक महेश थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरी रोल्पाले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका -६ निगालपानी निवासी अन्दाजी ३२र३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले बताउनु भयो  । रातीको समय भएको हुँदा केरकति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिनुभयो ।

मृतकको शवलाई अहिले  पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लगिएको छ । मिनीट्रक  सडकदेखि ५०र६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सोही स्याला निवासीका ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्