कोपा अमेरिका : क्यानडालाई २–० ले हराउँदै अर्जेन्टिना फाइनलमा

बुधबार, असार २६, २०८१

दाङ   अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा क्यानडालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिना  फाइनलमा  पुगेको छ । उसका लागि खेलको २२ मिनेटमा जुलियन अल्भारेज र ५१ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे ।

बंगलाचुली गाउँपालिका

अर्जेन्टिना इक्वेडरलाई हराउँदै र क्यानडा भेनेजुएलालाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । अब अर्जेन्टिनाले उपाधिको लागि उरुग्वे र कोलम्बियामध्ये एउटा देशसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बिहान पौने ६ बजे उरुग्वे र कोलम्बिया बिच खेल हुँदै छ ।  

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्