जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,नौ जना घाइते

बुधबार, असार २६, २०८१

रामेछाप  -  रामेछापमा हिजो भएको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा ६२ वर्षीया माया विकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

त्यस्तैगरी दुर्घटनामा परेर नौ जना घाइते भएका छन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्