महोत्तरीमा चट्याङले लाग्दा दुई जना घाइते

मंगलबार, असार २५, २०८१

महोत्तरी - महोत्तरीको चुरे क्षेत्रमा चट्याङ पर्दा दुई जना घाइते भएका छन् । साथै तीन चौपाया मरेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रेवती रमण पोखरेलले बर्दिबास ११ स्थित सुदूर उत्तरी क्षेत्रमा चट्याङ लागेर ३० वर्षीय गणेश बोगटी तथा बर्दिबास ५ टुटेश्वरका ५८ वर्षीय जङ्गबहादुर मिजार घाइते हुनुभएको छ ।

बंगलाचुली गाउँपालिका

यसैगरी, चट्याङ लागेर बोगटीको गोठमा बाँधेर राखिएका एकथान लैनु भैँसी, दुधे पाडी र एउटा माउ बाख्रा मरेका छन् । वडाध्यक्ष पूर्णबहादुर बलले चौपाया मर्दा दुई लाख मूल्य बराबरको क्षति भएको बताउनुभयो ।

त्यस्तै चट्याङ लागेर घाइते हुनुभएको मिजारको अवस्था गम्भीर रहेको छ । अस्पतालको आकस्मिक कक्षका उपचाररत मिजारको पाखुरा र दाहिने खुट्टामा चट्याङ लागेकाले बोल्नसमेत नसक्ने अवस्था रहेको स्वास्थ्यकर्मी सुनिलकुमार साह बताउनुभयो । घाइते बोगटीको भने अविनाश मेडिकल खयरमारामा उपचार चलिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्