देशभर बाढीले ४१ पुल बगायो,१० करोड बढीको क्षति

मंगलबार, असार २५, २०८१

दाङ - अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो लगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

बंगलाचुली गाउँपालिका

प्रहरी प्रधान कार्यालयका अनुसार, गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरामा परेर ९० जना घाइते र पाँच जना वेपत्ता भएका छन् ।
बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।

बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट रु १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्