पहिरोले अरनिको राजमार्ग अवरुद्ध

मंगलबार, असार २५, २०८१

दाङ - वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालमा पर्ने ५० किलो भन्ने ठाउँमा गएरातिदेखि सडक अवरुद्ध भएको छ । सडकमा लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

पाँचखाल नगरपालिका–८मा पर्ने सडकमा पहिरो खसेर झण्डै एक सय ५० मिटर सडक अवरुद्ध भएको हो । गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ  गाडी रोकिएका छन् । साना गाडीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्