रुसको आक्रमणबाट युक्रेनमा ४१ जनाको मृत्यु

मंगलबार, असार २५, २०८१
गढवा गाउँपालिका  २०८१सालकाे शुभकामना

काठमाडौ - रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा ४१ जनाको मृत्यु भएको छ । झण्डै दुई सय जना घाइते भएका छन् । रुसले हिजो युक्रेनको राजधानी कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा हिजो दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । हिजोको आक्रमणमा ४१ जनाको मृत्यु भएको थियो र १ सय ८४ जना घाइते भएका समाचार संस्था रोयटर्सले  बताएको छ ।

शान्तिनगर गाउँपालिका  २०८१सालकाे शुभकामना
आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मृत्यु हुनेमा तीन जना बालबालिका रहेका छन् । कीभको ओखमाटित बाल अस्पतालमा भएको आक्रमणले ठूलो चिन्ता सृजना गरेको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेनेस्कीले बताएका छन्  । रुसले युक्रेनका सबैजसो ठूला उर्जा केन्द्रमा आक्रमण गरेर जनजीवन कष्टकर बनाएको अवस्थामा अस्पताल लक्षित आक्रमणले थप चिन्ता थपेको उहाँले बताए
हिजो आक्रमणमा परेको बाल अस्पताल युरोपको सबैभन्दा महत्त्वपूर्ण अस्पतालमध्येकै एक थियो । त्यसले हजारौँ बालबालिकाको जीवन रक्षा र पुनर्स्थापना गर्दै आएको छ । हिजो रुसले युक्रेनका विभिन्न सहरमा ४० वटा भन्दा धेरै मिसाइल प्रहार गरेको खबरमा उल्लेख छ ।

हिजोको आक्रमणमा रुसले किन्जल हाइपरसोनिक मिसाइलको प्रयोग गरेको थियो । जुन रुसको सबैभन्दा उन्नत हतियार हो । किन्जल मिसाइल ध्वनिको गतिभन्दा १० गुणा छिटो उड्छ, यो मिसाइललाई रोक्न धेरै गाह्रो हुने युक्रेनी सेनाले बताएको छ ।

पछिल्लो समय अमेरिका र युरोपले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गरेपनि रुसी सेनाको आक्रमण रोक्न हम्मेहम्मे परिरहेको छ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्