संघीयता कार्यान्वयन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

आइतबार, माघ १४, २०८०

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनका लागि आधारभूत संरचना तयार भए पनि अझै केही कानुन परिमार्जन र निर्माण गर्न बाँकी रहेको बताउनु भयो।

बंगलाचुली गाउँपालिका

सिंहदरबारमा आज आयोजित कार्य विस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदनमाथिको उच्चस्तरीय छलफलमा उहाले जनप्रतिनिधि निर्वाचित भएर पनि एक कार्यकाल सम्पन्न भइसकेको अवस्थामा भोगाइका क्रममा थुप्रै ठाउँमा अस्पष्टता देखिएको उल्लेख गरे। अझै केही कानुन संशोधन तथा निर्माण गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार सञ्चालनको अभ्यासका क्रममा कार्यविस्तृतीकरण परिमार्जनको आवश्यकता महसुस भएको र प्रदेश तथा स्थानीय तहबाट समेत माग भएकाले परिमार्जन प्रक्रिया अगाडि बढाइएको बताउनु भयो।

संविधान जारी भएपछि सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय शासन प्रणालीको अभ्यास भइरहेको बताउँदै उनले भने, ‘संविधान जारी भएको आठ वर्षको अवधिमा उत्साहजनक उपलब्धि हासिल गरेका छौँ, छोटो समयमै संघीयता कार्यान्वनका लागि आवश्यक आधारभूत संरचना निर्माण भएका छन्।’

संघीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टता हटाउने सन्दर्भमा राष्ट्रिय समन्वय परिषद्को असारमा सम्पन्न बैठकले कार्यविस्तृतीकरण परिमार्जन तथा सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो। संविधानको अनुसूची ५ देखि ९ सम्म उल्लिखित संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको कार्यविस्तृतीकरण सरकार ९मन्त्रिपरिषद्०बाट २०७३ माघ १८ मा स्वीकृत भई कार्यान्वयनमा छ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्