देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको ज्यान गयो, ६ जना बेपत्ता

आइतबार, असार २३, २०८१

दाङ - लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण विभिन्न ठाउँमा आठ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो विपद्जन्य घटनामा परेर छ जना बेपत्ता भएका छन् । सातजना घाइते भएका छन् ।  

बंगलाचुली गाउँपालिका

  त्यस्तै गरी स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाण्डौमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको ज्यान गएको हो । प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छ जना बेपत्ता भएका जानकारी दिनुभयो । अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

वर्षा र झरीले देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएका छन् । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार भइहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्