स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश

आइतबार, असार २३, २०८१

दाङ - जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

बंगलाचुली गाउँपालिका

डसेलडोर्फमा गएराति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा ५–३ गोलले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

९० मिनेटको निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

इंग्ल्याण्डका लागि कोल पाल्मार, जुड वेलिंघम, बुकायो साका, इभान टोनी र ट्रेन्ट एलेक्जन्डर अर्नोडले गोल गरेका थिए भने स्वीट्जरल्याण्डका फावियन स्चार, जार्दन साक्विरी र जाकी अम्बडोउनीको गोल सफल भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्