कांग्रेसका केन्द्रीय नेतृत्व जिल्ला - जिल्लामा

नेपाली कांग्रेस ‘समुदायमा कांग्रेस’ अभियान
आइतबार, माघ १४, २०८०

काठमाडौं - नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत केन्द्रीय नेतृत्व जिल्ला–जिल्लामा पुगेको छ।

बंगलाचुली गाउँपालिका

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय प्रतिनिधि, प्रदेशले तोकेको पदाधिकारी भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफल गर्नुहुने कार्यक्रम रहेको छ। उहाँले जिल्ला कार्य समितिले माघ १६ गतेदेखि माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म यस कार्यक्रमको संयोजन गर्ने बताउनुभयो।

कोशी प्रदेशको झापा र सुनसरीमा डा। शेखर कोइराला, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटामा डा। नारायण खड्का, मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुरमा बलबहादुर केसी पुग्नुभएको छ।

मधेश र बागमती प्रदेशका जिल्लाहरु महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सिन्धुली र मकवानपुरमा प्रकाशमान सिंह, बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवनमा महालक्ष्मी उपाध्याय ‘डिना’ हुनुहुन्छ।

यस्तै, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा डा। मिनेन्द्र रिजाल, ललितपुर, भक्तपुर, रामेछाप र दोलखामा पुष्पा भुसाल, तनहुँ, लमजुङ, गोरखा, पर्वत र नवलपुरमा महेन्द्र यादव, कास्की, स्याङ्जा, म्याग्दी र बागलुङमा प्रदीप पौडेल, रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पामा विमलेन्द्र निधि, कपिलवस्तु, गुल्मी, रुकुम ९पूर्व०, बर्दिया, प्युठान र नवलपरासीमा डा। डिला संग्रौला रहनुभएको छ।

यसैगरी, कर्णालीको दैलेख, सल्यान र सुर्खेतमा डा। शशांक कोइराला, सुदूरपश्चिमको कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी, बाजुरा र कञ्चनपुरमा भिष्मराज आङदेम्बे रहनुभएको उहाँको भनाइ छ।

उहाँका अनुसार केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्