सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर - केहि दिन देखि लगातार परेको अविरल बर्षासँगै आएको बाढि पहिरोले दाङको बंगलाचुली गाउँपालिकाको विभिन्न स्थानमा ठुलो क्षति गरेको छ । बंगलाचुली गाउँपालिकाको वडा नम्बर ४ को गहतेरामा स्थानिय मानाखोलाले त्यहाँका किसानले लगाएको धान र मकै बालिमा ठुलो क्षति गरेको वडा नम्बर ४ का वडा अध्यक्ष डास बहादुर डाँगीले जानकारी दिनुभयो । स्थानिय पदम डाँगी, गुरु प्रसाद खत्री, ढुण्डिराज डाँगी र खगेश्वर वलीको खेत बगाएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।
यस्तैगरी वडा नम्बर ३ को विभिन्न ठाउँमा पनि ठुलो क्षति भएको छ । वडा नम्बर ३ को तल्लो कब्जामा स्थानिय पुर्ण बहादुर खत्रीको घरगोठ बगाएको वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । मानविय क्षति भने नभएको वडा अध्यक्ष विश्वकर्माले बताउनुभयो । यस्तैगरी वडा नम्बर ३ कै तरा भन्ने ठाउँका करिब ७र८ घर पहिरोको उच्च जोखिममा परेको समेत उहाँले जानकारी दिनुभएको छ ।
यस्तैगरी वडा नम्बर ५ मा पहिरो खस्दा प्युठान जोड्ने सडकमा परहिरो खस्दा पुर्ण रुपमा अवरुद्ध भएको छ। वडा नम्बर ५ को मुर्कुटी, कुडुँले, साकिने हुदै प्युठानको थकलेनि जाने सडक पुर्ण रुपमा बन्द भएको वडा अध्क्ष लिला बहादुर घर्तिले जानकारीदिनुभयो । पहिरो खस्दा बंगलाचुली गाउँपालिकाका विभिन्न स्थानका भित्री सडकहरु अवरुद्ध रहेको खबर प्राप्त भएको छ ।