प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत प्राप्त

शनिबार, असार २२, २०८१

धनुषा -  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

बंगलाचुली गाउँपालिका

प्रदेश सभाको आज बसेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्नु भएपछि उहाँको पक्षमा ६७ जना प्रदेश सभाका सदस्यहरुले मत दिनु भएको छ । मुख्यमन्त्री सिंहलाई बहुमतका लागि १०७ सदस्य मध्ये ५४ जनाको समर्थन मात्र रहेकोमा उहाँले ६७ जनाको मत प्राप्त गर्नमा सफल हुनु भएको छ ।

मुख्यमन्त्रीले माग गर्नु भएको विश्वासको मतको विपक्षमा ३४ जनाले मत दिनु भएको छ । विश्वासको मत सम्बन्धि प्रस्तावलाई सभामुख रामचन्द्र मण्डलले मत विभाजन गरेर प्रदेश सभामा पेश गरेपछि जनमत पार्टीका नेता समेत रहनु भएका मुख्यमन्त्री सिंहले बहुमत सदस्यको विश्वास प्राप्त गर्नमा सफल हुनु भएको छ ।

मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा जनमत पार्टी, नेकपा एमाले, नेपाली काँग्रेस तथा लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सदस्यहरुले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको हो ।  

यसै गरि विपक्षमा मत दिने राजनीतिक दलहरूमा जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, संघीय समाजवादी पार्टी सहितका रहेका छन् । प्रदेश सभाको बैठकमा राप्रपाका प्रतिनिधि अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्