मधेस प्रदेशमा मुख्यमन्त्रीद्वारा छ जना मन्त्री पदमुक्त

शनिबार, असार २२, २०८१

धनुषा - मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ ।

बंगलाचुली गाउँपालिका

मन्त्रीहरूसँग राजीनामा माग गरिएको तर उहाँहरूले राजीनामा नदिएपछि उहाँहरूलाई  बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।

हालै नेकपा एमाले–नेपाली काँग्रेसबिच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गर्नुभएको हो । प्रदेशसभामा आज उहाँले विश्वासको मत लिने कार्यसूची छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्