कर्णाली प्रदेशको बजेट बहुमतले पारित

शुक्रबार, असार २१, २०८१

सुर्खेत - कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१र०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ ।

बंगलाचुली गाउँपालिका

जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार अर्थात् ५९।७ प्रतिशत र चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख अर्थात् २४।१२ प्रतिशत बजेट ल्याइएको छ ।

वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण चार अर्ब ८३ करोड विनियोजन गरिएको छ । सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा दुई अर्ब घटेर आएको छ । चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्