प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिनुहुने

शुक्रबार, असार २१, २०८१

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको असार २८ गते बस्ने बैठकमा विश्वास मत लिन लाग्नुभएको हो ।

बंगलाचुली गाउँपालिका

नेपाली कांग्रेस र नेकपा ९एमाले०ले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्रीले संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाउनुभएको हो ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । गत असार १७ गते कांग्रेस र एमालेबिच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।

pm-prachand-1720176418.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्