सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - पश्चिम दाङ क्षेत्र नं। ३ मा संघबाट अरवौंका योजना आएका छन् ।
यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ प्रतिनिधिसभा सदस्य दीपक गिरी, प्रदेशसभा सदस्य धनबहादुर मास्की‘राजेश’लगायत स्थानीय तहका जनप्रतिधिको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री बर्षमान पुनले ति बजेट बिनियोजन गर्नु भएको हो ।
तुलसीपुरमा बहुउद्देश्यीय सभाहल निर्माण गर्ने, चिस्यान केन्द्र निर्माण गर्ने, पुस्तकालय निर्माण गर्नेलगायतका योजना छन् । त्यस्तैगरी सडक, खानेपानी, शिक्षा,स्वास्थ्यलगायतका पूर्वाधार तथा अन्य विकासकालागि बजेट परेको राष्ट्रियसभा सदस्य अपारले बताउनु भयो । उहाँका अनुसार पश्चिम दाङमा आएको बजेटलाई सबै मिलेर कार्यान्वयन गरेमा त्यसको उपलब्धी प्रभाबकारी हुने बताउनु भयो ।
पश्चिम दाङको विकासमा सामूहिक पहल आबश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु एक भएर लाग्नु पर्ने समेत उहाँको भनाई रहेको छ । उपेक्षामा परेको पश्चिम दाङलाई सबै राजनीतिक दलहरु एक भएर विकास गर्नुपर्ने उहाँको भनाई छ । साभार लाइभदाङ
यस्तो छ योजनाहरु