बंगलाचुली गाउँपालिका वडा नं ४ को विभिन्न टोलमा सोलार वितरण

बिहीबार, असार २०, २०८१

दाङ - दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को विभिन्न टोलमा सोलार वितरण गरिएको छ।विगत २ बर्षदेखि विद्युत नपुगि अन्धकारमा जिवन बिताइरहेका वडा नम्बर ४ को तपाली टार, खमारी, बाइखोला र तिल्केनिमा गरी १५ घरधुरीलाइ १५ सेट सोलार वतरण गरिएको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगीले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

बंगलाचुली गाउँपालिकाको राष्ट्रिय ग्रामिण नविकरणीय उर्जा कार्यक्रम अन्तर्गत सोलार सेट वितरण गरिएको वडा अध्यक्ष डाँगीले जानकारी दिनुभयो । जस अन्तर्गत तपाली टारमा ५ घर, खमारी टोलमा ४ घर, बाइखोलामा ३ घर र तिल्केनीमा ३ घर गरी १५ घरधुरीलाई सोलारसेट वितरण गरिएको वडा अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।उनिहरुलाई टोलमै पुगेर वडा अध्यक्ष डाँगी र वडा सदस्य दिपक परियारको उपस्थितिमा वितरण गरिएको हो । सोलार पाएपछि उनिहरु खुसी भएका छन । लामो समय अन्धकारमा बसेका उनिहरु अब सोलार पाएपछि घर उज्यालो हुने  बताएका छन ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्