नुनको मूल्य ३ रुपैयाँ बृद्धि बढ्यो

बुधबार, असार १९, २०८१

दाङ - साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्यमा बृद्धि गरेको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको आज (मंगलबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरी प्रति किलोमा रु ३ रुपैयाँ मूल्य बृद्धि   निर्णय भएको कम्पनीले जानकारी दिएको छ।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २३ बाट बढेर २६ रुपियाँ कायम गर्ने भनिएको छ । न्यू शक्ति नुन एक किलोको १७ बाट बढाएर २० रुपियाँ कायम हुनेछ । सोहीअनुसार भानू नुनको एक किलोको मूल्य नौ रुपियाँ कायम गर्ने भनिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्