निश्चित व्यक्तिलाई जोगाउन सत्ता समीकरण फेरियो - गृहमन्त्री लामिछाने 

मंगलबार, असार १८, २०८१

काठमाडौं  - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।

बंगलाचुली गाउँपालिका

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।


लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’

उहाँले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताउनु भयो । लामिछानेले भन्नु भयो, ‘संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको रु त्यति पनि बुझ्न सकिंदैन त ।’
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्