शेयर बजार ४७ अङ्कले बढ्यो,साढे ४ अर्ब रुपैयाँकाे काराेबार

मंगलबार, असार १८, २०८१

 काठमाडौं - शेयर बजारमा दोस्रो पटक सकारात्मकुसर्किट ब्रेक लागेको छ । दोस्रो पटक सर्किट ब्रेक लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ ।

बंगलाचुली गाउँपालिका

आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि फेरि खुलेको शेयर बजार ५ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको हो । शेयर बजार अहिले १ सय २ अङ्कले बढेर २ हजार १ सय ५६ विन्दुमा पुगेर रोकिएको छ ।

अहिले कार्यान्वयनमा रहेको ुसर्किट ब्रेकु सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्