एमालेको सचिवालय बैठक बस्दै

मंगलबार, असार १८, २०८१

काठमाडौं  - नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्नेछ ।

बंगलाचुली गाउँपालिका

बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । तर समझदारी पत्र सार्वजनिक भएको छैन ।


 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्