पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढ्यो

सोमबार, असार १७, २०८१

दाङ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

बंगलाचुली गाउँपालिका

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलमा मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले बढाइएको छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४।५० रुपैयाँ र डिजेलको मूल्य १५४।५० रुपैयाँ कायम गरिएको छ ।

दोस्रो वर्गअन्तर्ग पर्ने स्थानमा ट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेकोछ ।

Aayal-Nigam-1719798724.jpg
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्