राजपुर गाउँपालिकाबाट एसईईमा एक जना विद्यार्थी उत्तीर्ण

शनिबार, असार १५, २०८१

दाङ - दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ वटा माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसईई परीक्षा दिएकामा एक जना मात्रै उत्तीर्ण भएका छन् । यो विद्यालयबाट ८५ जना एसईई परीक्षामा सहभागी भएका थिए ।

बंगलाचुली गाउँपालिका

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका अनुसार एसईईमा साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । सात वटा विद्यालयबाट कुनै पनि विद्यार्थी उतीर्ण भएका छैनन् ।

यही पालिकाको जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६, शङ्कर मावि खरदरियाबाट ४५, माध्यमिक विद्यालय दुलैयाबाट नौ, बालकल्याण मावि खङ्ग्रानाकाबाट १० जना एसईई परीक्षा सहभागी भएका थिए । यस्तै माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशङ्कर मावि भैसाहीनाकाबाट नौ र शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसईइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ ।

शिक्षामा लगानी गरे पनि त्योअनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाकी उपाध्यक्ष यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्