दाङमा चट्याङ्ले लाग्दा एक जना घाइते

शनिबार, असार १५, २०८१

दाङ - दाङमा चट्याङ्ले लाग्दा एक ब्यक्ती घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका

शुक्रबार साँझ साढे ८ बजेतिर तुलसीपुर १९ छिलिकोट निवासी ३६ बर्षीय दुर्गा बहादुर विकको दुई तले घरमा चट्याङ्गले हान्दा घर धनी विक घाइते भएका हुन् । उनको शरिरको बाँयाँतिरको भागमा चोट लागेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार विकको बाँया तिरको भाग नचल्न भएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्