रौतहटमा बस दुर्घटना हुँदा एकजनाको , ८ जना घाईते

शनिबार, असार १५, २०८१

 रौतहट - रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका

 सो दुर्घटनामा अन्य स दुर्घटना हुँदा एकजनाको मृत्यु  भएका छन् । गौरबाट भैरहवा तर्फ गइरहेका ना।७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा  बिहान ८ बजे  दुर्घटना भएको हो ।

दुर्घटनामा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले  घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा  पठाइएको छ । एकजना यात्रु २६ बर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा  भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिनुभयो।


अन्य सात जना घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ । दुर्घटना पछि बसका चालक र सहचालक फरार रहेको र दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्