लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ

शनिबार, असार १५, २०८१

दाङ -ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।

बंगलाचुली गाउँपालिका

नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि बचतकर्ताको ६ अर्ब रुपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरुपयोग गरेको आरोप लागेको छ ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरुपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो ।

उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो । साभार खबरहब

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्