लुम्बिनी प्रदेशको आ.व०८१/८२ को बजेट बहुमतले पारित

बुधबार, असार १२, २०८१

दाङ - लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

बंगलाचुली गाउँपालिका

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो ।

प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१(८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट पेस गर्नु भएको थियो।

आगामी वर्ष आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड र संघबाट १२ अर्ब एक करोड र संघबाट सलामी दस्तुरबापत ५० करोड र स्थानीय तहबाट दुई अर्ब ९२ करोड प्राप्त हुने अनुमान छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्