एसईईको नतिजा बिहीवार सार्वजनिक गरिने

मंगलबार, असार ११, २०८१

दाङ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पर्सि बिहीवारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

बंगलाचुली गाउँपालिका

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’ को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उहाँको भनाइ छ ।

असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका भए पनि तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरिरहेको उहाँको भनाइ छ । पौडेलले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भई कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताउनुभयो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई ुननग्रेडु अर्थात् ुएनजीु उल्लेख गरिने उहाँको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्