शहीद सप्ताह : आज शहीद धर्मभक्त माथेमाको स्मरण गरिँदै

शनिबार, माघ १३, २०८०

काठमाडौँ - शहीद सप्ताह अन्तर्गत आज शहीद धर्मभक्त माथेमाको स्मरण गरिँदैछ । उहाँलाई प्राणदण्ड दिइएको ठाउँ सिफल उकालोमा आज स्मृतिसभा हुँदैछ । विसं १९६६ असोज ९ गते काठमाण्डौको ओमबहालमा जन्मनुभएका माथेमालाई तत्कालीन राणा शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा विसं १९९७ माघ १३ गते सिफल उकालोमा रहेको बकाइनोको रूखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले वि।सं १९९७ माघ ६ गते शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालो रूखमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्यदण्ड दिइएको थियो ।

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति नागरिकसम्म पुर्‍याउने क्रममा अमरत्व प्राप्त गर्ने यिनै शहीदको सम्झनामा काठमाण्डौ महानगरपालिकाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्