दाङको तुलसीपुरमा चट्याङ लागेर एकजनाको मृत्यु

सोमबार, असार १०, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - दाङको तुलसीपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर(४ खाद्रेका बिक्रम बिकका छोरा १० वर्षिय सुबास बिक रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रहरीका अनुसार आफ्नै घरको आगनमा बसेर मोबाईल चलाइरहेको अवस्थामा आज बेलुका ६ बजेको समयमा एक्कासि चट्याङ बालक बेहोस भएका थिए ।
उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएपनी साढे ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालकको बाहिरी चोटपटक केही नदेखिएको प्रहरीको भनाइ छ ।साभार दाङलाइभ डटकम

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २२:१४
प्रतिक्रिया दिनुहोस्