शेयर बजार ३ दशमलव २१ अङ्कले बढ्यो

सोमबार, असार १०, २०८१

दाङ - शेयर बजार आज सामान्य बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अङ्कले बढेर २ हजार ६६ दशमलव १६ विन्दुमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

आज बैंकिङ, होटल, लगानी, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नेपाल फाइनान्स र गणपति लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने ७ प्रतिशतले घटेको छ ।

आज ३ सय २२ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ५ अर्ब ७ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्