आज कोशी, बागमती र गण्डकी प्रदेशमा  हिमपात

शनिबार, माघ १३, २०८०

काठमाडौँ : कोशी, बागमती र गण्डकीको पहाडी भूभाग र मधेश प्रदेशमा अहिले आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्