प्रविधिसँग नजोडिएको शिक्षा गुणस्तरीय शिक्षा हुन सक्दैन् : मुख्यमन्त्री महरा

शनिबार, असार ८, २०८१

घोराही - लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रविधिसँग नजोडिएको शिक्षा गुणस्तरीय शिक्षा हुन नसक्ने बताएका छन् । राप्ती इञ्जिनियरिङ कलेजले शनिबार घोराहीमा आयोजना गरेको एआईद्वारा सञ्चालित सीप विकास र उदीयमान सञ्चार प्रविधिहरुको विषयक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बंगलाचुली गाउँपालिका

441639201_1218061032697269_1323310397631486762_n-1719064440.jpg
 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री जोखबहादुर महराले सूचना तथा प्रविधिको विकाससँग अहिलेको शिक्षा जोडिएको छैन् भने त्यो शिक्षा गुणस्तरीय शिक्षा हुन नसक्ने बताए । उनले प्रविधिसँग जोडिएको शिक्षा मात्र गुणस्तरीय शिक्षा हुने भन्दै  हाम्रो देशलाई चाहिने आज र भोलिको युगसँग जोड्नका लागि आवश्यक पूर्वाधार तयार पार्ने र जनशक्ति उत्पादनमा ध्यानदिनुपर्ने कुरामा जोड दिए । सूचना र प्रविधिमा जुन विकास भएको छ त्यो मानिसले नै गरेको हुँदा त्यसको सही प्रयोग गर्दै कृतिम बौद्धिकतामा जोडदिनुपर्ने उनको भनाइ छ ।

सम्मेलनमामा  लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेग बहादुर भण्डारीले एआईसम्बन्धी मुख्य कार्यपत्र प्रस्तुत एआई जीवनको अपरिहार्य आवश्यक भइसकेको बताए  । उनले  हरेक मानिसले चाहेर वा नचाहेर एआईको प्रयोग गरिरहेको जानकारी दिए  ।

त्यस्तै कार्यक्रम बोल्ने वक्ताहरूले एआईमा आधारित सीप अभिवृद्धि र उदीयमान डिजिटल सञ्चार प्रविधिहरुमा भएको परिवर्तनले शिक्षा गुणस्तरमा परिवर्तन ल्याउन सक्ने प्रचुर सम्भावना रहेको कुरामा जोड दिएका थिए । सञ्चार क्षेत्रमा भएको क्रान्ति र कृतिम बुद्धिको शक्तिलाई उपयोग गर्नसके समाजले शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा निकै प्रगति गर्नेसक्ने समेत सम्भावना उनीहरुको साझा धारणा रहेको थियो । 

कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको प्रमुख आतिथ्यतामा भएको  सम्मेलनमा नेपाल टेलिभिजनका कार्यबाहक नायब महाप्रबन्धक चिन्तामणी बराल, कलेज निर्देशक मधुसूदन वैद्य, कलेजका प्रबन्ध निर्देशक डा. भिमसेन गिरी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी,  जनप्रतिनिधि, विद्यालय तथा कलेजका प्रीन्सीपल, विद्यार्थी, सरकारी कर्मचारी, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

कलेजका प्रीन्सीपल रमेश गिरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण कलेजका आइटी बिभाग प्रमुख विश्वबन्धु थापाले गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्